संयमित भएर सूचना प्रवाह गर्न सरकारलाई महासंघको आग्रह

Advertisement

काठमाडौं, १० चैत । नेपाल पत्रकार महासंघले सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्दा आधिकारिक सामाजिक सञ्जाल, सञ्‍चारमाध्यम वा प्रेस विज्ञप्तिको माध्यमबाट गर्नुपर्ने सुझाब दिएको छ । सरकारले सोमबार टेकु अस्पतालमा एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएके पुष्टि गर्न पत्रकार सम्मेलन गरेको थियो ।

सोही विषयलाई लक्षित गर्दै महासंघले भिडभाडसहितको पत्रकार सम्मेलन नगर्न सरकारलाई आग्रह गरेको हो । पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ– पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपाय अवलम्बन गर्न आग्रह गर्दछ ।’

महासंघले पत्रकार र सञ्‍चारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ ।

समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

महासंघले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल