आक्रामक कारबाही बन्द गर्ने विप्लवको घोषणा, स्वास्थ्य कार्यकर्तालाई जनसेवामा लाग्न अनुरोध

Advertisement

काठमाडौं, १० चैत । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाही बन्द गर्ने घोषणा गरेको छ ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म यस्ता कारबाही रोक्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी गराउँछौं ।

तत्काल पार्टी कार्यकर्ता र जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन विज्ञप्तिमा भनिएको छ ।

साथै सो पार्टीले देशका सबै चिकित्सक एवं स्वास्थ्य–कार्यकर्तालाई जनताको सेवामा लाग्न अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल