सरकारी कर्मचारीलाई घरमै स्टयान्डबाई बस्ने गरी बिदा दिने तयारी

Advertisement

काठमाडौं, १० चैत । सरकारले कोरोना संक्रमण फैलिन नदिन थप सजगता अपनाउन लागेको छ । काठमाडौंमै कोरोना भाइरस संक्रमणको बिरामी फेलापरेपछि सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि बिदा दिने तयारी गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरसको संक्रमण रोकथाम उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको हो ।

सो निर्णयपछि कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीबाहेक सबैले बिदा पाउने भएका छन् । यद्यपि, आवश्यक परेको खण्डमा सरकारले उनीहरुलाई जिम्मेवारीमा खटाउन सक्नेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल