पाँच दिनमै ६ लाख ५७ हजार सिलिन्डर बजारमा

Advertisement

काठमाडौं । बजारमा ग्यासको आपूर्ति व्यवस्था सहज गर्न पछिल्लो पाँच दिनमामात्रै ६ लाख ५७ हजार सिलिन्डर बजारमा पठाइएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वमा फैलिँदै गएपछि बजारमा ग्यासको अभाव हुनसक्ने भन्दै नेपाल आयल निगमले विभिन्न् ग्यास उद्योगमार्फत पाँच दिनमा ६ लाख ५७ हजार पाँच सय सिलिन्डर बजारमा पठाएको हो ।

यस अवधिमा ९ हजार ३ सय ३७ टन ग्यास आयात गरिएको निगमको भनाइ छ । निगमले पर्याप्त मात्रामा ग्यासको ढुवानी गरे पनि बजारमा आपूर्ति व्यवस्था भने अझै सहज हुन सकेको छैन । अभाव हुने आंशकामा उपभोक्ताले धेरै ग्यास भन्डारण गर्न थालेपछि सामान्य अभाव देखिएको निगमको भनाइ छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको आयात नियमित भइहेकाले अभाव हुने बताए ।

सामान्य अवस्थामा दैनिक १ हजार १९३ टन ग्यासको ढुवानी भइरहेकोमा अहिले १ हजार ८६७ टन ग्यास आयात भइरहेको निगमको भनाइ छ । “अभाव हुने आंशकामा अहिले बजारमा ग्यासको माग पनि दोब्बर छ,” उनले भने, “ग्यास अत्यन्त जोखिम पदार्थसमेत भएकाले आवश्यकताभन्दा बढी सिलिन्डर नराख्न उपभोक्तालाई आग्रह गर्छ ।” सामान्य अवस्थामा मासिक ३८ हजार टन ग्यासको आयात हुने गरेकोमा पाँच दिनमै ९ हजार टन ग्यास आयात गरिसकेका छौं ।” फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भइसकेकाले मार्च महिनामा ५५ देखि ६० हजार टनसम्म ग्यास ढुवानी गरिने उनको भनाई छ । निगमका अनुसार अहिले मासिक ४० हजार टन ग्यासको आयात भइरहेको छ । जसबाट ३० लाख सिलिन्डर भरिन्छन् ।

६० हजार टन ग्यास आयात गर्दा ६० लाख सिलिन्डर भरिन्छन् । अहिले बजारमा १ करोड १२ लाख सिलिन्डर रहेका छन् । १२ लाख सिलिन्डर भर्नका लागि थप ७५ देखि ८० हजार ग्यास आवश्यक पर्ने भएकाले जुन आयात गर्न नसकिने निगमको भनाइ छ ।
अहिले दैनिक पाँचदेखि छ सय बुलेटले ग्यास ढुवानी गरिहेका छन् । एक टन ग्यासमा १ हजार २६० सिलिन्डर भरिन्छ । एउटा बुलेटमा १८ टन ग्यास ढुवानी हुन्छ । निगमका अनुसार अहिले बजारमा ग्यासको खपतदर १६ प्रतिशतले बढेको छ ।

कारोनाको त्रास विश्वभर फैलिरहेको बेलाव्यसायीले ग्यासमा कृत्रिम अभाव गराँउदा बजारमा अभाव देखिएको हो । नाकाबन्दीको बेला अभाव खेपेका उपभोक्ताले फेरी पनि अभाव हुने त्रासमा घरमा भएका सवै सिलिन्डर भर्न थालेका छन् । ग्यासमा कृत्रिम अभाव गराएर कालोबजारी गर्ने व्यवसायीलाई तत्काल कारबाही गरिने निगमको भनाइ छ ।

पछिल्लो समय सहरी क्षेत्रमामात्र नभएर ग्रामीण क्षेत्रमा पनि ग्यासको खपत बढ्दै गएको छ ।
छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुनेगर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । कारोबार दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल