एसईई परीक्षा स्थगित, विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

Advertisement

काठमाडौं, ५ चैत । विश्वभर फैलिएको कोरोना भइरसका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले एसईई परीक्षा स्थगित गरेको हो ।

चैत ६ गतेदेखिका लागि तोकिएको यसपटकको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । उच्च स्तरीय समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

साँझ पुनः उपप्रधानमन्त्री पोखरेलले एसइई परीक्षा स्थगितको घोषणा गरेका हुन् । दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी पोखरेलले सो निर्णय गरेका हुन् । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

सरकारले राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका अधिकारीहरुसँग बुधबार छलफल गरी चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल