एसइईबाहेक सम्पूर्ण परीक्षा स्थगित गर्न सम्बन्धित निकायलाई शिक्षामन्त्रीकाे निर्देशन

Advertisement

काठमाडौं, ४ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपिल जारी गर्दै माध्यमिक शिक्षा परीक्षा (एसइई)बाहेक सम्पूर्ण परीक्षा स्थागित गर्न सम्बन्धित निकायहरुलाई निर्देशन गरेका छन् ।

आगमी बिहीबारदेखि सुरु हुने तय भएको एसइई परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।

सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा समयमै सकन निर्देशन जारी गरेपछि सबैजसो विद्यालयले चैत ५ गतेसम्ममा ती कक्षाका परीक्षा सक्ने भएका छन् । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै स्कुल बन्द गर्नुपर्ने आवाज उठे पनि मन्त्रालयले स्कुल बन्द गर्नुको साटो परीक्षा अगाडि सार्न आग्रह गरेपछि भोलिसम्ममा सबै परीक्षा सकिने भएको हो ।

सरकारले पूर्वनिर्धारित एसइई परीक्षा समयमै गर्ने र त्यसका लागि पर्याप्त सावधानी अपनाएको बताएको छ । विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको शिक्षामन्त्री पोखरेलको भनाइ छ । ।’

शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपिल गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल