युएईमा १८ नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु १९ घाइते

Advertisement

अबुधाबी, २ माघ । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा बिहीबार १८ नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । राजदूत ढकालले फेसबुकमार्फत साे जानकारी दिँदै मृतकहरुको पहिचान हुन नसकेको उल्लेख गरेका छन् ।

मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो । घाइतेहरुकाे माफराक अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल