कृषि विकास बैंकको चार करोड हिनामिना प्रकरणमा आठजनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर

Advertisement

काठमाडौं, २९ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्युरोड शाखाको चार करोड हिनामिना प्रकरणमा आठजनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको छ । आयोगले रेग्मीसहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरूद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमध्ये रेग्मी, ढुंगेल र विष्टलाई जनही चार करोड ४२ लाख ७३ हजार ६११ रूपैयाँ बिगो मागिएको छ । त्यसैगरी घतानीलाई दुई करोड ६७ लाख ७५ हजार ४३५, गिरीलाई दुई करोड ६१ लाख १९ हजार ४१५ बिगो माग गरिएको छ भने रेग्मीलाई एक करोड १० लाख ३३ हजार १९६, मरहठ्ठालाई ६७ लाख २१ हजार र पाण्डेलाई चार लाख रूपैयाँ बिगो मागिएको छ ।

आरोपीहरुले आपसी मिलेमतोमा बैंक, बैंकिङ मुख्य शाखा कार्यालय, न्युरोडबाट अनधिकृत रुपमा रकम निकालेर लिने र खाई मास्ने उद्देश्यले भ्रष्टाचार गरेको अभियोग पुष्टि भएको आयोगको ठहर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल