गोकर्ण रिसोर्टको लिज थप गर्ने निर्णयबारे छलफल गर्न सर्वोच्चले सरकारलाई बोलायो

Advertisement

काठमाडौं, २९ पुस । गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने मन्त्रिपरिषदको निर्णयबारे छलफल गर्न सर्वोच्च अदालतले सरकारलाई बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारलाई छलफलका लागि बोलाएको हो ।

यसबारे अधिवक्ता विष्णु लुइँटेलले रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई माघ १२ गतेका लागि छलफलमा बोलाएको छ ।

मन्त्रिपरिषदको उक्त निर्णय खारेज गर्न माग गर्दै अधिवक्ता लुइँटेलले रीट दायर गरेका थिए ।

सरकारले नेपाल ट्रष्टको जग्गामा रहेको गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि ६ वर्ष बाँकी हुँदै थप २५ वर्ष थप गर्ने निर्णय गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल