भत्किने भयो पुरानो संसद् भवन

Advertisement

काठमाडौं, २९ पुस । संसद्को विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काउन सरकारलाई निर्देशन दिएको छ । समितिले पुरानो भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो । 

समितिले मंगलबार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँग छलफलको आयोजना गरेको थियो । सर्वपक्षीय छलफलपछि समितिले नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ ।

सो भवन २०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । सो भवन उपयोग गर्ने सम्भावना नभएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको समिति सभापति कलयाणी रिजालको भनाइ छ । 

सो भवन भत्काएर नयाँ भवन बनाउने सहमति भए पनि नयाँ भवन कुन प्रयोजका लागि प्रयोग गर्ने भन्ने विषयमा भने अन्योल नै छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल