जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

Advertisement

काठमाडौं, २९ पुस । कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ।

छाउगोठ भत्काउन निर्णय गर्ने अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाकी सदस्य यशोदा बोहरा आफैं भने छाउगोठमा
वडा नम्बर ६ बाट सुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ । गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर तिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ । टोलका ६ परिवारका महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन् । नयाँ पत्रिका टिम पुग्दा यशोदा त्यही गोठमा भेटिइन् । ‘घरको आँगनमा समेत पाइला राख्न मिल्दैन । हामी त चेतनशील छौँ, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौँ,’ उनले भनिन् ।

टोलमै उनकी नन्द नाता पर्ने किशोरी पनि अहिले छाउगोठमा छिन् । मुस्किलले छिर्न मिल्ने ढोका, राम्ररी खुट्टासमेत तन्काउन नमिल्ने कोठामा दुईजना सुत्छन् । वर्षामा छाउगोठ चुहिने र ढोकाबाट भित्र पानी पस्ने मात्र होइन, सर्पको समेत डर हुन्छ । तर, सामाजिक कुसंस्कारका कारण महिलाहरू छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको यशोदाले बताइन् ।

‘छाउ भएका वेला घरभित्र बस्दा देउता रिसाउने मान्यता छ । त्यसैले सासू–ससुराले भित्र बस्न दिन मान्नुहुन्न,’ यशोदाले भनिन्, ‘दुःख सहेरै भए पनि गोठभित्र बस्नुपर्छ ।’ साँघुरो घरमा छुट्टै कोठा नभएकाले महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने अर्को बाध्यता रहेको उनले बताइन् । नयाँपत्रिका दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल