चार महिनादेखि सभामुखविहीन वन्दै प्रतिनिधिसभा, उपसभामुखको अडान कायमै

Advertisement

काठमाडौं, २९ पुस । प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । दुई अध्यक्षले सहमति नजुटाए सम्म आफूले राजीनामा नदिने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अडान छ ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार पार्टी अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो । बैठकले उपसभामुखको राजीनामा माग्ने अनौपचारिक सहमति जुटाएको थियो । प्रधानमन्त्री पक्षधर नेताहरूले यो बैठकलाई प्रधानमन्त्रीविरुद्ध गुटबन्दीका रूपमा लिएका छन् । पूर्वमाओवादी पक्षले सभामुख आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कुन पक्षले सभामुख लिने भन्ने बहसका कारण प्रतिनिधिसभाले लामो समयदेखि सभामुख पाउन नसकेको हो । पूर्वमाओवादी पक्षधर एक नेताले उपसभामुखको अडान अस्वाभाविक रूपमा आएको बताए । यसले पार्टी नीति र पद्धति कमजोर हुने खतरा रहेको उनले बताए । ‘पहिला त उहाँले राजीनामा गरेर सभामुख चयनको बाटो खोलिदिनुपर्छ । त्यसपछि उहाँले दाबी गर्ने ठाउँ रहन्छ,’ ती नेताले भने, ‘आफू हुने ग्यारेन्टी गरेपछि मात्र राजीनामा गर्छु भन्नु पार्टी निर्णयविपरीत हो ।’ नेकपा स्थायी समिति सदस्य भीम रावलले एउटा पदका लागि यति लामो समय सहमति हुन नसक्दा जनतामा राम्रो सन्देश नगएको बताए । सचिवालयले सकेन भने स्थायी कमिटीमा छलफल गर्नुप¥यो तर यसरी अलमलिनुहुँदैन ।’ राजधानी दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल