रद्द भयाे परवेज मुसर्रफमाथिकाे मृत्युदण्डकाे सजाय

Advertisement

काठमाडाैं, २८ पुस । पाकिस्तानको लाहोर हाइकोर्टले त्यहाँकाे विशेष अदालतलाई गैरकानुनी ठहर गर्दै भंग गरेको छ । साे विशेष अदालतले एक महिनाअघि पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएकाे थियाे ।

मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाउने साे विशेष अदालत नै भंग भएपछि मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुसर्रफले विशेष अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो ।

हाइकोर्टले फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावी हुनेछ ।

उच्च अदालतले धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने ठहर गरेकाे छ । फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाइएको छ ।

अभियुक्तको उपस्थितिविनै उसबारे बहस र निर्णय गर्नु गैरइस्लामिक, गैरकानुनी र असंवैधानिक भएको उच्च अदालतकाे ठहर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल