ए डिभिजन लीग : एनआरटी र पुलिस भिड्दै

Advertisement

काठमाडौं, २८ पुस । शहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि दुईवटा खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दैछन्। दुबै टोली आज तेस्रो जितको खोजीमा हुनेछन्। जारी लिगमा नेपाल पुलिस आफ्ना ५ मध्ये २ मा जित र २ मा बराबरीको नतिजा निकालेर ८ अंकसहित छैटौं स्थानमा छ। दुईवटा खेलमा जित निकालेको एनआरटी भने ५ अंकसहित नवौँ स्थानमा छ।
त्यस्तै दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र च्यासल युथ क्लब भिड्नेछन्। यी दुई टोली आज दोस्रो जितको खोजीमा हुनेछन्। एपीएफले ५ खेलबाट एउटामा मात्रै जित निकालेको छ भने एउटा खेलमा बराबरी गरेर जम्मा ४ अंक जोडेको छ।
एपीएफ अन्तिमबाट दोस्रो स्थानमा रहेको छ। च्यासल युथ क्लबले पनि १ एउटा खेलमा जित निकाल्दा दुईमा बराबरी गर्दैै पाँच अंक जोडेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल