मान्छेको जिन्दगी पनि लीला नै हो – १

Advertisement

नेपाली साहित्यका वरिष्ठ आख्यानकार तथा लीलालेखनका व्याख्याता कृष्ण धरावासीको जन्म वि. सं. २०१७ साल साउनमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो । उहाँको नागरिकताको नाम कृष्णप्रसाद भट्टराई हो, ‘धरावासी’ भने उपनाम हो । वि.सं. २०३२ सालमा ‘सूर्योदय साप्ताहिक’ पत्रिकामा कविता प्रकाशन गरेर साहित्यमा औपचारिक प्रवेश गरेदेखि आजसम्म, उहाँ यस क्षेत्रमा अनवरत रूपमा समर्पित हुनुहुन्छ । साढे चार दशकजति साहित्य साधनामा बिताउनु भएका सिर्जनशील, लीलाबोधी, सचेत र परिपक्व नागरिकको जीवनचर्या के–कस्तो छ ? पहिला हामी त्यो बुझौँ ।

फोटोः हरेकपल

लेखनमै रमाउने धरावासीको परिवारभित्र लेखक नै लेखक छन् । श्रीमती, भाइ, छोरा–छोरी सबैमा साहित्यप्रति रुचि देखिन्छ । उहाँको घरमै पनि एक आपसमा साहित्यिक संवाद भइरहेको हुन्छ । छिमेकीहरूमा पनि दुबसु क्षेत्री, भरत भारद्वाज र कृसु क्षेत्रीजस्ता साहित्यकार छन् । भेट्न आउनेहरू पनि साहित्यिक व्यक्तित्व नै बढी हुन्छन् । उहाँको हरदिन साहित्यमय हुन्छ । साहित्यिक कार्यक्रमहरूमा जाने क्रम भने पातलिएको छ । कारण हो, उहाँमा घुँडाको समस्या । यो समस्या पहिलेदेखिकै हो । अहिले अझ बढेको छ । तर यसलाई उहाँ बूढेसकालको लक्षण नमानेर घुँडो सुविधाभोगी भएको भन्न मन पराउनुहुन्छ ।

उहाँका छोराछोरी कोही विवाह गरेर अमेरिका पुगे, कोही अष्ट्रेलियामा छन् त कोही जागिरको सिलसिलामा अफ्रिकामा । उहाँको साथमा अहिले जीवनसँगिनी मञ्जु विमली हुनुहुन्छ । परिवारको जिम्मेवारीबाट फुर्र्सद मिलेका कारण अचेल उहाँको धेरैजसो समय लेखन र अध्ययनमै बित्दछ । अखबारीलेखन, कृति सम्पादन र सिर्जनात्मक लेखनबाट फुर्सदै पाउनुहुन्न भने पनि हुन्छ । अहिले पनि सम्पादनका लहरमा केही किताब छन् भने केही पाण्डुलिपि प्रकाशनको प्रतीक्षामा छन् । लेखन र अध्ययनबाहेक फिल्म हेर्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने र कौशी खेती गर्ने उहाँका शौख हुन् ।

उहाँको जीवनमा लीलाबोधको प्रभाव पाइन्छ । जीवनलाई खेलको रूपमा लिने, सम्मान होस् वा अपमान – यिनलाई दुई दिनका कुरा ठान्ने र अहम्लाई महत्त्व नदिने कारण उहाँ सधैँ हँसिलो, फरासिलो, तनावमुक्त र उत्सवमय देखिनुहुन्छ । उहाँलाई सधैँ यस्तै सिर्जनशील, उर्जाशील, हँसिलो, रसिलो, फरासिलो देख्न पाइरहूँ हरेकपल डट कमको तर्फबाट हार्दिक शुभकामना ।

हेर्नुहोस् भिडियोः

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल