कांग्रेसमा नखुलेको चेत

Advertisement

नेपाली कांग्रेस नेतृत्व तहमा रहेका शिर्षस्त नेताहरुविच यतिवेला निकै ठुलो घम्सा घम्सी चलेको छ । नेतृत्वले पार्टीलाई निजिकरणतर्फ उन्मुख गराएको भन्दै संस्थापनइतरका नेताहरु निरन्तर छलफलमा छन् । सोमबार मात्रै संस्थापनइतरका नेताहरुको आव्हानमा ४८ जिल्ला सभापतिहरु समेतको भेला गरी पार्टी सभापति देउवाले पौष ११ गते गरेका निर्णय नसच्याएसम्म वार्ता नगर्ने पक्षमा उभिएका छन् ।

संस्थापनइतरका नेताहरुको माग सम्बोधन स्वरुप संस्थापन पक्षले चौधौ महाधिवेशनको समय तालिका सार्वजनिक गरिसकेको छ । जिल्ला सभापतिहरु समेत सहभागि भेलाले सभापति देउवाले एकलौटी गरेका विभाग संख्या दोब्बर बनाउँने, विधानमा भएका कतिपय बुदाहरु खारेज गर्ने जस्ता विधान विपरित निर्णहरुसच्याउनु पर्ने र पछि गठन भएका विभागहरु विधान विपरित भएकाले भंग गर्नु पर्ने निष्कर्ष निकालेका छन् । समयमै माहाधिवेशन गर्नु पर्ने पहिलो एजेण्डा तेस्र्याएका रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्ण प्रसाद सिटौलालगायतको समुहले महाधिवेशनको समय तालिका सार्वजनिक गर्दा र पार्टीका विभाग गठन गर्दा आफुहरुसंग सल्लाहा नै नगरी सभापतिले बहुमतका आडमा टिमको राजनीति गरेको आरोप लगाएको छ ।

तर लामो समयसम्म आफुहरुले पर्खेर सहमतिकै आधारमा अघि बढ्ने भन्दाभन्दै सभापतिलाई विभिन्न बाहानामा काम गर्न नदिएपछि अीनतममा आएर यस्तो निर्ण गर्न बाध्य भएको उता संस्थापनपक्षको तर्क छ । संस्थापनइतरका नेताहरु देउवाले महाधिवेशनको तालिका सार्वजनिक गरेपनि सोहीतालिका अनुसार महाधिवेशन नगर्ने र विभिन्न बाहानामा फेरीपनि मिति सार्ने डरले तर्सीएका छन् । यसरी आपसमातर्क वितर्क गरेर गुटका नाममा सिंगो पार्टीलाई सिध्याउने प्रबृति पार्टी भित्र पछिल्लो समयमा निकै पेचिलो बन्दै गएको छ । पार्टीको तेह्रौ महाधिवेशन पछि नेतृत्वको गतिविधि हेर्दा संस्थापनइतरका नेताहरुको आरोप सत्य नजिक पुगेको पक्कै हो ।

तेह्रौ महाधिवेशनपश्चात आएको नेतृत्वले कांग्रेसलाई अब्बल बनाउने सोचका साथ देशमा पहिलो पार्टी बनाउने क्षमता राख्छ भन्ने आम कार्यकर्ताको बुझाई थियो । चार बर्षको अवधिमा पार्टीको आन्तरिक संगठन सुदृढिकरण तथा सुद्धिकरण त भएन नै स्थानीय प्रदेश र संघिय निर्वाचनमा समेत एक अर्कालाई कसरी पराजय गराउने र आफुले जितेको महसुस गर्ने भन्ने अभ्यासमा नेताहरु क्रियाशिल रहे । स्थानीय तह देखि सङ्घीय निर्वाचनमा एक आर्कोलाई पैँचो तिर्ने र चुनाउ हराउने बाहेक नेताहरुले खासै केही उपलब्धि हाँसिल गरेनन् । त्यसको प्रत्यक्ष असर तल्लो तहमा रहेर निरन्तर पार्टीमा लाग्ने निष्ठावान र संघर्षशिल कार्यकर्तालाई पर्छ भन्ने सोच समेत नेताहरुको दिमागमा पस्न सकेन । यसैको परिणाम हालआएर सिंगो पार्टी दाह्रा नङ्ग्रा निकालेको बाघ जस्तो भएको छ । पार्टी नेतृत्वले महासमितिको निर्णयको खिलापमा उभिएर पार्टी बच्ने भन्दापनि जोरी हसाउने कामलाई मलजल गर्छ ।

महाधिवेशन नजिकीदै गर्दा कांग्रेसमा सबै भन्दा ठुलो किचलो क्रियाशिल सदस्यतामा हुने गरेको छ । अहिलेको रडाको पनि त्यहीपुगेर जोडिने हुँदा समयमै यसको समाधान खोजि गरी पार्टीमा एकताको सन्देश दिन सक्नु पर्छ । सदस्यता वितरणको समयदेखि नै गरिने गुटको राजनीतिलाई अन्त्य गरी सदस्यता प्रदान वानविकरण गर्दा लाग्ने शुल्क समेत कुनै नेताको खल्तीबाट नभइ स्वम् सदस्यबाटै अनिवार्य लिने गरी विधानबमोजिम अघि बढ्नु श्रेयष्कर देखिन्छ । पार्टीमा भागबण्डाको राजनीति भन्दापनि सक्षमताका आधारमा नेताहरुलाई पार्टी हाक्ने जिम्मेवारी दिनु उपयुक्त हुन्छ । पार्टी भित्रका ज्येष्ठ र श्रेष्ठ व्यक्तिहरुलाइ ज्येष्ठ नागरिक संगठन गठन गरी जिम्मेवारी दिन सक्यो भने पनि नेता व्यवस्थापनमा केही सहजता आउछ ।

गाउस्तरमा गरिएका कार्यक्रममा समेत एक गुटले अर्कोलाइ नबोलाउने यदि बोलाइहाले पनि नजाने, कार्यक्रम कसरी असफल बनाउने, वर्तमान सरकारको कमजोरी कसैले ओकल्दैनन् । भाषणमा एकले अर्को समुहको विरोध गर्ने र कार्यकर्तामाझ आफना गुटगत राजनीति छताछुल्ल पोख्ने शिवाय केहीगर्ने सोच नेताहरुमा पलाएकै छैन् । नयाँ कार्यकर्ताहरु समेत जनताकामाझ मापुगेर संगठन विस्तारमा भन्दापनि नेताहरुको घरदैलो चाहारेर नेताहुने प्रबृतिलाई जोड दिदै आएका छन् । भातृ संगठनहरु पूर्ण रुपमा अपांग अवस्थामा रहेका छन् । विगत ३ हप्ता अघि देखि नेविसंघका विद्यार्थीहरु संगठनले नेतृत्व पाउन नसकेको प्रति असन्तुष्टि पोख्दै अनसनमा छन् ।

नेताहरुले खल्ती बाट जनरजस्ती नेतृत्वमा पुर्याएका भातृ तथा सुभेच्छुक संगठनका पदाधिकारीहरु दैनिक नेताकै ढोके र चम्चे भएर दिन कटाउन विवश छन् । अनि नेताहरु ति कार्यकर्ता लाई संगठनको कामभन्दा पनि आन्तरिक गुटका सूचना अधिकारीका रुपमा प्रयोग गर्ने र दैनिक आफ्नो ढोके भएकोमा खुसी व्यक्त गर्छन अनि कसरी कांग्रेस बलियो हुन्छ । पार्टीमा भाग बण्डाको राजनिति नै गुटको सबै भन्दा दर्विलो विरुवा हो जुन आवश्यक नै छैन । नेतृत्वमा पुरानै पुस्ता चाहिन्छ भन्नु पार्टीभित्रको अतिवादी सोच हो । जसले पार्टी निर्माण हुँदैन । पार्टी निर्माणका लागि नयाँ दृष्टिकोणका साथ योजना चाहिन्छ अनि सक्षमले नेतृत्व लिन–दिन सक्नु पर्छ ।

तिनै तहको सरकारमा प्रतिपक्ष पनि निकै सानो भएर खुम्चिदा समेत ऐया नभन्ने नेतृत्वको प्रबृतिलाई हेर्दा पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरामा नेताहरुको चेत खुलेको छैन् भन्न सहजै सकिन्छ । नागरिक सामु आफ्ना भरपुर एजेण्डा लिएर जानसक्ने योजनाको खाका आज कांग्रेसमा आवश्यक देखिन्छ र त्यो सोच नेताहरुमा हुनु पर्छ । अझै सम्म नेताहरुको चेत नखुल्ने हो भने गुट सिध्याएर पार्टी बचाउनु पर्छ भन्ने कार्यकर्ताहरुले चुनावमा नयाँ ढंगले अभियान चलाउनु आवश्यक छ ।

उल्लेखित विषयलाई मूर्तरुप दिने सन्दर्भमा कयौं चुनौतिहरु पनि छन् । तथापी यि चुनौतिलाई सामना गर्दै अवको नेतृत्व संगै पार्टी नेता कार्याकर्ताहरुले पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा गम्भीर भएर वहस चलाउनु जरुरी छ । अझ भन्दा कांग्रेसको भविश्य आफुभित्र र आफुसहित देश र जनताको भविश्य कांग्रेस भित्र खोज्ने नयँ पुस्ताका नेताकार्यकर्ताहरुले वहस सञ्चालन सँगै तत्काल व्यवहारमा उतार्दै सक्नु पर्दछ । महाधिवेशन मात्रलै “गुट त्याग पार्टी बँचाउ”अभियान चलाउन सक्यो भने मात्र नेताहरुमा चेत खुल्न सक्छ । अनि बन्छ सशक्त कांग्रेस तब मात्र रहन्छ लोकतन्त्र र देश ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल