मद्यपान किन गर्नुहुँदैन ? कारण सहित हेर्नुहोस् आजको नीति वचन (भिडियो)

Advertisement

चित्तेभ्रान्तिर्जायते मध्यपानात् ।
भ्रान्ते चित्ते पापचर्यामुपैति ।
पापं कृत्वा दुर्गतिं यान्ति मूढा ।
स्तस्मान्मद्यं नैव पेयं न पेयम् ।।
–हितोपदेश


मध्यपानले चित्तमा भ्रान्ति पैदा गर्छ । भ्रमित चित्तले पाप कर्म गर्छ । पापले दुर्गतिको बाटोमा धकेल्ने भएकाले मद्यपान नगर्नू ।

मद्यपान गर्नाले चित्तमा भ्रान्ति पैदा हुन्छ । भ्रान्ति भनेको भ्रम हो । चित्तमा भ्रम पैदा भएपछि मान्छे पाप कर्ममा प्रवृत्त हुन्छन् । उक्त पाप कर्मले दुर्गतिको बाटो रोज्ने भएकाले मद्यपान गर्नुहुँदैन भनिएको हो । यसैगरी मद्यपानले मान्छेलाई मूढी पनि बनाउँछ । मूढी स्वभावले जीवनमा उन्नति हुँदैन । चित्रमा विकार ल्याउने भएकाले मद्यपान सदा हानिकारक हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल