आज शनिवार, त्रिपुष्कर योग रहने, हेर्नुहोस् आजको दिन २०७६ मंसिर २८ गते (भिडियो)

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाका २८ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।


सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे द्वितीया तिथि बिहान ९।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा रहेका छन् । आद्र्रा नक्षत्र बिहान ७।२६ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र वणिज करण रहेको छ । आनन्दादिमा मुद्गर योग छन् । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४७ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । शनिवार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण शुभ रहनेछ । यसैगरी बिहान ७।३० देखि ९।४८ सम्म त्रिपुष्कर योग रहनेछ । त्रिपुष्कर योगमा मृत्यु, विनाश र वृद्धि भए तीनगुणा फल दिने हुन्छ । अर्थात् मृत्यु भयो भने आफ्नो परिवारमा तीन मृत्यु पर्न सक्छ । यसैगरी विानश भयो भने पनि तीनपटक विनाश हुनसक्छ । अतः त्रिपुष्कर योगमा मृत्यु र विनाश भए शन्ति गर्नुपर्ने शास्त्रीय विधान गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल