गजल

Advertisement

कता हो कता म हराउन थालेछु
नदेखिने दृश्यमा रमाउन थालेछु

पहिले त डर लाग्थ्यो मृत्युसित
अचेल जिन्दगीसित डराउन थालेछु

फूल–प्रसादले नपुगेर तिम्रो द्यौतालाई
ढोग्दै आफ्नै शीर पनि चढ़ाउन थालेछु

नरोकिँदा यो बाडुली, यस्तो लाग्छ
कसैलाई म फेरि याद आउन थालेछु

जतिबार खाए ’नि बिर्सने कसम
तिम्लाई झन् मन पराउन थालेछु !

– इमाडोल, ललितपुर

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल