पुस्तक : स्वप्नसहर

Advertisement

पुस्तक : स्वप्नसहर
विधा : उपन्यास
लेखक : रोशन थापा ‘नीरव’
प्रकाशक : तन्नेरी डट कम ।


(प्रस्तुत अंश ‘स्वप्नसहर उपन्यासको मङ्गलाचरण’बाट साभार गरिएको हो । अपरम्परित रूपमा लेखिएको यस उपन्यासमा लेखकले काव्यमा पाइने विभिन्न रसगुणलाई आख्यानात्मक रूपमा लक्षणाप्रसूत महाकाव्यीय भङ्गिमा उपयोग गरेका छन् । महाकाव्यले दिने क्षमता वा छनक यसमा लक्षित छ । यस नौलो प्रयोगको सानो छनक तलको अंशमा प्रस्तुत छ । )

मङ्गलाचरण

असङ्ख्य आगन्तुकको भार बोकेर बसेको यो सहर
यस सहरको कुनै ठूलो कथा छैन
आफैँभित्र लान्छनाको खाटा बोक्तै विरक्तिएको छ बरु
आफ्नो कथा लुकाएर
अरूको इतिहास अमर बनाउने यसको कथा छ
आफ्नो लेखिदिने कथामा मौन छ
त्यही मौनको यो कथा हो
र यस कथामा कुनै देवीदेउता छैन
छैन कुनै स्तुतिगान वा भक्तिभाव
कथानायक यद्यपि होइन; अराजक, असहिष्णु, अधर्मी
धर्मकै नाउँमा पनि स्तुति गर्ने होइन
यसर्थ प्रारम्भमै भएको छ प्रकट
नायक, कथानायक सूत्रधारजस्तो
आफ्नो अतिशय जीवनको गति लिएर
कथानायकलाई जङ्गलको जङ्गली शान्ति
अहँ; पटक्कै मन पर्ने छैन, मन परेको छैन, फाप्ने छैन
उसलाई सहर, सहरको भीड, भीडभित्र हराउनुको एक्लो
त्यही एक्लोभित्र पनि पाइने आफूभित्रको कोलाहल
कति हो कति आफ्नोे लाग्दछ
यसैलाई ऊ शान्ति, आनन्दी मान्दछ
पटक्कै मन पर्ने छैन उसलाई
ती आडम्बरी आँखा र ओठहरू
व्यवहार र सोचाइहरू
आउनु छ यहीँ, यहीँ छ बस्नु
फेरि सराप्नु किन यहीँलाई ?
खोस्नु भाग भनिएको होइन,
बस्नु जहाँ छ, त्यहीँ भाव पोख्नु पो संवेदना
यसर्थ यही भावुक भावमा नायक कथा लिएर दौडेको छ
हेरौँ, कहाँकहाँ साक्षात् हुने हुन् आडम्बरहरू
घाउ, घात र कपटहरू
ती सबैलाई ऊ फाल्न चाहन्छ, घृणा गर्छ
किनभने यो उसको सहर हो, हृदयभित्रको स्वप्नसहर
आउनुहोस्; स्वप्नसहरमा तपाईँलाई स्वागत छ–
यस सहरमा; स्थान, समय मात्र होइन,
पात्र र कथाहरू कति छन् कति…!

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल