खेलाडीको नगरपरिक्रमा आज

Advertisement

काठमाडौं, २७ मंसिर । काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमा सहित सम्मान गर्न लागेको हो । राखेपले सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय गरेको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु हुने नगरपरिक्रमा कार्यक्रम न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम गर्नेछ ।

सुर्यविनायक चोटबाट टोली पुन सल्लाहघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ ।

सरकारले यसअघि सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मानको घोषणा गरेको थियो । सागको स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ४ लाख घोषणा गरिएको थियो ।

यस्तै एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख घोषणा गरिएको थियो । टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने सरकारको घोषणा छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल