पोखरा प्रिमियर लिगको तयारी पूरा

Advertisement

काठमाडौं, २७ मंसिर । शनिबारबाट पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग क्रिकेटको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्रिकेट मैदानमा हुने खेलका लागि मैदानको तयारी, पिच र अन्य पुर्वाधारहरुको कामपनि लगभग पुरा भएको छ ।

प्रतियोगिताका लागि टिमहरु पोखरा पुग्ने क्रम सुरु भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेट भएको मैदानमा पीपीएलका आयोजकले एक साता भन्दा कम समयको तयारी टाइम पाएका थिए । त्यसमा पनि दुर्तगतिमा कामहरु गरेर मैदानलाई राम्रो बनाउने काम भइरहेको छ । दिनहु ट्यांकरबाट पानी ओसारेर मैदानमा राखिएको थियो भने पिचलाई राम्रो बनाउन क्युरेटरले पनि निरिक्षण गरेका थिए ।

अब प्रतियोगिता सुरु हुन एक दिनमात्र बाँकी रहेका बेला शुक्रबारसम्म सबै तयारी पुरा हुने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ पाउनेछ । यस्तै प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल