लोकसेवाका कर्मचारीलाई सहमतिबिनै सरुवा !

Advertisement

काठमाडौं, २७ मंसिर । लोकसेवा आयोगका कर्मचारीलाई सरकारले चाहेका बेला सरुवा गर्न सक्ने प्रावधान संघीय निजामती ऐनमा राखिने भएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले आयोगको सहमतिमा मात्र सरुवा गर्न सक्ने हालको व्यवस्था परिवर्तन गर्ने निर्णय गरेको हो ।

प्रतिपक्षी कांग्रेस र सत्तापक्ष नेकपाकै केही सांसदले फरक मत राखे पनि बहुमत सदस्यले सरकारी प्रस्तावमा समर्थन जनाएपछि समितिको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदहरूले स्वतन्त्र र विश्वसनीय निकायका रूपमा स्थापित आयोगलाई सरकार मातहतको अंग बनाउन खोजिएको भन्दै समितिको यो निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् । सरकारले आफूले चाहेका बेला सरुवा गर्दा आयोगले राख्नुपर्ने गोप्यता भंग हुन सक्ने र दूरगामी प्रभाव पार्ने काममा असर पर्ने तर्क आयोगका पदाधिकारीले पनि गर्दै आएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

कर्मचारी सरुवामा सहमति लिनुपर्ने विधेयकमा उल्लेखित प्रारम्भिक मस्यौदालाई परिवर्तन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नयाँ प्रावधानमा बिहीबार सहमति गरिएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल