जनप्रतिनिधिकै मिलेमतोमा ३३ लाख असुलेको खुलासा

Advertisement

जुम्ला, २७ मंसिर । जुम्लाका विपन्न दलित तथा जनजातिलाई अनुदानमा वितरण गर्नुपर्ने सौर्य बत्ती जनप्रतिनिधिकै मिलेमतोमा ३३ लाख रकम असुलेर बेचिएको पाइएको छ ।

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत विपन्न दलित तथा जनजातिलाई पूर्ण अनुदानमा बाँड्नुपर्ने सोलार सेट चर्को रकम असुलेर बिक्री गरिएको छ । अनुदानका सोलारमा ठगी भएको कुरा बाहिरिएसँगै जुम्लामा दलित समुदाय एकजुट भएर रकम असुलीसँगै कारवाहीको माग गर्दै ठाउँठाउँमा धाइरहेका छन् ।

ऊर्जा प्रर्वद्धन केन्द्रले जुम्लामा निःशुल्क वितरण गर्न पठाइएका २ हजार २ सय १ सेट सोलार बेचिएपछि यो अनियमितता सार्वजनिक भएको हो । विभिन्न चरणका छलफल तथा बहसबाट अन्नत जनप्रतिनिधिकै मिलेमत्तोमा अनुदानका सोलारबाट रकम असुलेको खुलेपछि विषय झनै चर्चामा रहेको छ । अनुदानका सोलार सेट बेचेर जुम्ला चन्दननाथ नगरपालिका भण्डारीबाडाका मीनबहादुर मल्लले ३३ लाख ३ हजार रुपैयाँ असुलेका हुन् ।

जनप्रतिनिधिको मिलेमतोमा दलित जनजातिले अनुदानको सोलार बुझ्दा प्रति सेटको १५ सय रुपैयाँ तिर्नुपर्ने सिफारिस बनाएर व्यापारी मल्लले लाखौं असुलेका थिए । उर्जा प्रर्बदन केन्द्रबाट सोलार वितरणको जिम्मा सीआरसी कम्पन्नीले पाएपछि आफ्नो एजेन्ट मीनबहादुरलाई सोलार वितरण गर्ने जिम्मा दिएको थियो ।
सोलामा ठगि भएपछि, ठगिएको भन्दै उजुरी परेपछि छलफलका क्रममा दोषी ठहरीएपनि राजनीतिक आडमा रक फिर्ता गर्न ढिलाइ भएको छ । यता सिआरसी कम्पनीका निर्देशक भरत मल्लले अनुदानको सोलार बिक्री गर्नु सरासर ठगी भएको स्वीकार्दै व्यापारी मीनबहादुरले कम्पनीकै बदनाम गरेको बताए ।
‘स्थानीय तहको सिफारिस र हाम्रो सहमतिनुसार व्यापारी मीनबहादुरलाई सोलार वितरण गर्ने जिम्मा मात्रै दिएका थियौं । उनले भने, ‘तर जनप्रतिनिधिकै मिलेमतोमा रकम असुल्ने सिफारिस बनाएर ठगियो ।’


जनप्रतिनिधिको पनि मिलेमतो
व्यापारी मीनबहादुरले जनप्रतिनिधिसँग मिलेर अनुदानका सोलार लिँदा १५ सय बुझाउनुपर्ने पत्र बनाएपछि स्थानीयले महंगो रकम तिरेका थिए । पत्र देखाउँदै प्रतिसोलार उनले १५ सय लिँदा सबै सेट वितरणबाट ३३ लाख ३ हजार रुपैयाँ ठगी गरेका हुन् । यो रकम यस वर्ष बाँडिएका सोलारको मात्र हो । तर कर्णालीमा अनुदानका सोलार केही वर्षयता यसरी नै रकम लिएर वितरण गरिँदै आएको छ ।

सबै खर्च कम्पन्नीले दिँदा पनि जडान, मर्मत, वारेन्टी र वितरण गरेबापत स्थानीयकै सहमतिमा १५ सय रुपैयाँ लिएको मीनबहादुरका भाइ नन्दबहादुर मल्लले स्वीकारे । ‘हामीले असुलेको रकम केही जनप्रतिनिधिले नपाएको झोँकमा घटना सार्वजनिक गरेका हुन् । उनले भने, ‘जनताबाट असुलेको रकम जनप्रतिनिधि र नेतालाई घुस दिएको भए कुरा मिल्थ्यो, नदिएपछि कुरो बाहिर आयो ।’

अहिले हामी मात्रै सबैले दोषी भन्छन्, तर कम्तीमा हचुवाको भरमा १५ सय उठाउनु भनेर सिफारिस दिने जनप्रतिनिधिलाई अनुसन्धानको घेरामा कसैले ल्याउन नसकेको उल्लेख गरे । जनप्रतिनिधिकै सिफारिसमा हामीले रकम उठाएका हौं । ढिलोचाडो असुलेको रकम स्थानीयलाई नै फिर्ता गर्ने नन्दबहादुरको भनाइ छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

असुलेको मध्ये १७ लाख फिर्ता
अनुदानमा ठगी गरेको ३३ लाख मध्ये १७ लाख ८१ हजार रकम फिर्ता गरेको छ । व्यापारी मल्लले चन्दननाथ नगरपालिकाको १५ लाख गुठिचौर ५ को २ लाख ८१ हजार रकम फिर्ता गरेको छ भने अझै १६ लाख रकम फिर्ता गर्न बाँकी छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल