कुन–कुन वेला आफन्तलाई साथ र सहयोग गर्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन (भिडियो)

Advertisement

व्याधितस्यार्थहीनसय देशान्तरगतस्य च ।
नरस्य शोकदग्धस्य सुहृद्दर्शनमौषधम् ।।
–पञ्चतन्त्र, मित्रसम्प्राप्ति, श्लो २०२


रोगले थलिएका वेला, धन हीन भएकावेल, विदेशमा रहँदा र शोकाकुल भएकावेला आफलन्तको दर्शन पनि औषधीसमान हुन्छ ।


रोगले थलिएर बसेका वेला आफन्त एवं मित्रजन भेट्न आए भने रोगीलाई औषधीसमान हुन्छ । त्यसैले विपद् परेका वेला केही सहयोग नै गर्न नसकिएपनि प्रत्यक्ष भेट भने गर्नुपर्दछ भनिएको छ । यसरी आफन्त एवं मिजनको भेटले आर्त मनमा मलम लाग्ने गर्दछ । यसैगरी धनहीन भएकावेला पनि आफन्त एवं मित्र जनलाई साथ एवं सहयोग गर्नुपर्दछ । यस्तो वेलामा गरिएको साथ एवं सहयोग औषधी रमान रहने गर्दछ । यसैगरी विदेशमा भौँतारिरहेका वेला आफन्तको भेट भयो भने पनि त्यो खुशीको वहार ल्याउने हुन्छ । यसैगरी शोकमा परेका मित्र एवं आफन्तजनलाई पनि भेट गर्न जानुपर्दछ । यसरी साथ सहयोग गरे शोक सन्तप्त वयक्तिले पनि राहतको महसुस गर्दछन् । अतः रोगले थलिएका वेला, धन हीन भएकावेल, विदेशमा रहँदा र शोकाकुल भएकावेला आफन्तलाई साथ र सहयोग गर्नुपर्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल