आज पौषकृष्णप्रतिपदा, हेर्नुहोस् आजको दिन २०७६ मंसिर २७ गते (भिडियो)

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाका २७ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे प्रतिपदा तिथि बिहान १०।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा रहेका छन् । मृगशिरा नक्षत्र बिहान ७।३७ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र तैतिल करण रहेको छ । आनन्दादिमा मानस योग छन् । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४७ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आजबाट चान्द्रमहिनाअन्तर्ग पौषकृषणपक्षको आरम्भ भएको छ । कृष्णपक्षमा चन्द्रमाको उज्यालोभाग क्रमशः घट्दै जाने गर्दछ । आज कोशीकोका संगममा मेला लाग्ने दिन पनि हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल