मेलिना राईको आवाजमा गुन्द्रुक साँधेको भिडियो सहित

Advertisement

काठमाडौं, २६ मंसिर । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक निशान भटटराईको आवाजमा रहेको मौलिक गीत गुन्द्रुक साधेको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

खुम गुरुङको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । मौलिक रुपमा तयार पारिएको गीतमा प्रेमी प्रेमीका विचको मायालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा नेपालका ख्याति प्राप्त कलाकारहरु सन्ध्या बुढा काउली बुढी , रियासा दाहाल , विनोद परियार र रोवर्ट शिहको अभिनय रहेको छ ।

गुन्द्रुक साधेको गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल