आज धान्यपूर्णिमा, उधौलीपर्व हेर्नुहोस् आजको दिन २०७६ मंसिर २६ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाका २६ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।


सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको पूर्णिमा तिथि तिथि बिहान ११।२ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा रहेका छन् । रोहिणी नक्षत्र बिहान ७।२० बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र बालव करण रहेको छ । आनन्दादिमा उत्पात योग छन् । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४६ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।


चन्द्रमा आज वृष राशिमा छन् । आज धान्यपूर्णिमाका साथै उधौलीपर्व पनि हो । मार्गशीर्ष शुक्लपक्षको पूर्णिमालाई धान्यपूर्णिमा भनिन्छ । आज किरात समुदायमा उधौलीर्व भव्य रूपमा मनाउने गरिन्छ । यसैगरी आज धन्यपूर्णमाको अवसरमा गोठधूपका साथै देवली पूजा पनि हुने गर्दछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल