क्रोध किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन [भिडियो]

Advertisement

क्रोधाद्भवति संमोहः संमोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात् प्रणश्यति ।।
–गीता, २।६३

क्रोधले सम्मोहनको जन्म दिन्छ, सम्मोहनले स्मृतिमा विभ्रम पैदा गर्दछ, स्मृतिमा विभ्रम भएपछि बुद्धि नाश हुन्छ र मान्छे सकिन्छ ।


जीवनमा क्रोध नगर्नू भन्ने गीताको वचन छ । किनकि क्रोध गर्नाले मोहको उत्पत्ति हुन्छ । मोह भनेको एक प्रकारको लोभी पन हो । यसरी लोभमा फसिसकेपछि स्मृतिले पनि कार्य गर्न छोड्छ र विभ्रमको पैदा हुन्छ । यसरी उत्पन्न हुने विभ्रमले बुद्धि नष्ट गर्दछ । बुद्धिले काम गर्न छोडिसकेपछि उक्त व्यक्तिको जीवन त्यतिकै सकिएर जान्छ ।

क्रोध जीवनमा उन्नतिको बाधक हो । यसले मानव जीवनलाई नै नष्ट गर्ने भएकाले जीवनभर क्रोध नगर्नू भनी श्रकृष्णभगवान्ले हामीलाई दिनुभएको उपदेश मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल