आज पूर्णिमाव्रत, दत्तात्रेयजयन्ती पनि हेर्नुहोस् आजको दिन २०७६ मंसिर २५ गते {भिडियो}

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाका २५ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको चतुर्दशी तिथि तिथि बिहान १०।५४ बजेसम्म रहनेछ । सो पश्चात् पूर्णिमा रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा रहेका छन् । रोहिणी नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी आज सिद्धि योग र भद्रा करण रहेको छ । आनन्दादिमा शुभ योग छन् । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४५ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।


चन्द्रमा आज वृष राशिमा छन् । आज पूर्णिमाव्रतका साथै दत्तात्रेय जयन्ती पनि परेको छ । जुन रातमा पूर्णिमा तिथि पर्छ सोही दिन पूर्णिमाको व्रत धारण गरिन्छ । भोलि विहान पूर्णिमा तिथि रहने भए पनि रात्रिकालमा नरहने भएकाले पूर्णिमाको व्रत आजै परेको हो । आज दत्तात्रेय भगवान्को प्रादुर्भाव भएको दिन पनि हो । यसैगरी आज नुवाकोटको दुप्चेश्वरमा मेला पनि लाग्ने गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल