निर्णय कसरी लिनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन [भिडियो]

Advertisement

नाहङ्कारी च धर्मान्धः शस्त्राणां तत्त्वचिन्तनैः ।
एकं शास्त्रमधीयानो न विद्यात् कार्यनिर्णयम् ।।
–शुक्रनीति

अहंकार, धर्मान्धता, शास्त्रचिन्तनविना र एउटामात्र शास्त्रको प्रमाण लिएर निर्णय गर्नुहुदैन ।


कार्यको निर्णय लिदा समग्र पक्षको विचार गर्नुपर्दछ । एकपक्षी भएर गरिएको निर्णयले जीवनमा उन्नति हुँन सक्दैन । विशेषगरी निर्णय लिने व्यक्तिले अहंकारलाई त्याग्न सक्नुपर्दछ । अहंकार सही निर्णयको वाधक हो । धर्मान्ध भएर गरिएको निर्णय पनि उचित नहुने शुक्राचार्यको मत रहको छ । यसैगरी शास्त्रीय विषयवस्तुको चिन्तन नगरि गरिएको निर्णय पनि हानिकारक रहन्छ । यसरी शास्त्र चिन्तन गर्दा एउटामात्र शास्त्र वा पुस्तकलाई आधार मान्नु पनि गलत हुन्छ । अतः समग्र पक्षको विचार गरेरमात्र निर्णय लिनुपर्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल