आफ्नो प्रशंसा आफै किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

परमोक्तगुणो यस्तु निर्गुणोऽपि गुणो भवेत् ।
इन्द्रोऽपि लघुतां याति स्वयं प्रख्यापितैर्गुणैः ।।
– चाणक्य

जसका गुणको अरुले वर्णन गर्छन् त्यो निर्गुण भए पनि गुणवान् ठानिन्छ । इन्द्रै भए पनि आफ्नो प्रशंसा गर्नाले लघुताभास हुन्छ ।


आफ्नो प्रशंसा आफै गर्नु हुँदैन भन्ने चाणक्यको नीति वचन रहेको छ । आफ्नो गुणको अरुले प्रशंसा गरे भने त्यो निर्गुण नै भए पनि सगुण ठहरिन्छ र त्यो विश्वासयोग्य पनि हुन्छ । तर आफ्नो आफैले प्रशंसा गर्दा सर्वस्वीकार्य हुन सक्दैन र लज्जाजनक हुनपुग्द छ । स्वर्गका राजा इन्द्र नै भए पनि आफ्नो प्रशंसा गर्ने व्यक्तिलाई सानो र तुच्छ मानिन्छ । त्यो लघुताभाषी नै हुन्छ । त्यसैले आफ्नो प्रशंसा आफैले नगर्नु भन्ने चाणक्यको नीति वचन अनुकरणीय देखिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल