आज सोमप्रदोषव्रत महिमासहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर २३ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाका २३ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको द्वादशी तिथि बिहान ९।७ रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । भरणी नक्षत्र बिहानका राति ५।१६ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र कौलव करण रहेको छ । आनन्दादिमा चर योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४४ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ ।


चन्द्रमा आज मेष राशिमा छन् । आज सोमप्रदोषव्रत परेको छ । त्रयोदशीयुक्त सन्ध्याकालीन समयलाई प्रदोष भनिन्छ । प्रदोशमा शिवजीको उपासनामात्र शुभ रहन्छ । सोमबार परेकाले आज सोमप्रदोष व्रत हो । आजको प्रदोषव्रत धारणले चन्द्रजन्य दोष निवारणका साथै जीवनमा सुख समृद्धि पनि प्राप्त हुनेछ । आज केवल शिवजीको ध्यान उपासनाका साथै पूजा शुभ रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल