कस्ता व्यक्तिले संसारमा सुखको भोग गर्दछन् ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

ये च मूढतमाः लोके ये च बुद्धेः परं गताः ।
तावुभौ सुखमेधेते क्लिश्यत्यन्तरितो जनः ।।
–विदुर नीति


संसारमा दुईप्रकारका मान्छेले सुखको भोग गर्दछन् : कि अत्यन्त मूर्ख कि त बुद्धि र विचारभन्दा भन्दा पर पुगेकाले । बीचमा रहेका व्यक्तिले जीवनमा केवल दुःख नै भोग गर्ने हुन् ।

सुखभोगका निम्ति दुई कुराको आवश्यकता रहन्छ भन्ने विदुरले बताएका छन् । पहिलो हो मूर्ख । मुर्ख व्यक्तिलाई दुःख हुँदैन भनिएको छ । तर यो सुखभोगको उत्तम उपाय भने होइन । जीवनमा सुख भोगको सरल तरिका भनेको बुद्धिभन्दा पर रहनु नै हो । जबसम्म हामी बुद्धि चलाइरहन्छौ तबसम्म दुःख नै प्राप्त भइरहन्छ । मनले बुद्धिलाई अनेकौँ दुःखको मार्गमा हिँड्न अभिप्रेरित गराइरहेको हुन्छ । जब हामी मन र बुद्धिभन्दा पनि माथि रहेर निर्विकल्प परमात्मामा सम्पूर्ण कुरा समर्पण गर्न सक्छौँ तबमात्र हामीमा सुखको बहार छाउछ । यहाँ भौतिक वस्तुलाई दुःखको कारण बताइएको छ । इन्द्रिय सुखलाई क्षणिक भनिएको छ । जो संसारी प्रपञ्चलाई त्यागी बुद्धिभन्दा पनि माथि रहन्छ उसैले जीवनको वास्तविक सुखभोग गर्दछ । यी दुवै कार्य गर्न नसक्ने केवल इन्द्रियको विषयभोगमा रमाउन चाहने व्यक्तिले सदा दुःखको मात्र भोग गर्नुपर्दछ भन्ने विदुरको नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल