पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्ने देउवाको अडान

Advertisement

बुटवल, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने बताएका छन् । सिद्धार्थनगरको कांग्रेस नगर समितिको दोस्रो नगर भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तर्घात पनि गर्नेहरुलाई कारबाही गरेरै छाड्ने अडान दोहोर्याएका छन् ।

‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनुहुुँदैन,’ सभापति शेरबहादुर देउवाले भने, ‘कारबाही नभएसम्म पार्टी हार्दै जान्छ ।’

विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता भएको बताउँदै उनले हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको बताए । कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए । अहिले कांग्रेस मतमा केही कमजोर देखिएकमले आत्तिन नहुने उल्लेख गर्दै उनले भने, ‘तर सधैँँ यस्तो रहँदैन । खोलामा कहिले बाढी आउँछ, कहिले सुक्छ ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल