कस्ता व्यक्तिलाई सज्जन भनिन्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम् ।
मनस्यन्यत् वचस्यन्यत् कर्मण्यन्यत् दुरात्मनाम् ।।
–सुभाषितम्


महान् व्यक्ति मनमा जे सोच्छन् त्यही बोल्छन् र त्यही गर्छन् पनि । यसैगरी खराब व्यक्ति भने मनले एककुरा सोच्छन्, कार्यमा अर्कै कुरा गर्दछन् भने व्यवहार झन अर्कै रहने गर्दछ ।


सज्जन व्यक्तिको मन, वचन र कर्म एउटै हुन्छ । मनले जे सोच्छन् बोलीमा पनि त्यही प्रयोग गर्नुका साथै सोही कुरालाई व्यवहारमा पनि उतार्ने गर्दछन् । यस्ता व्यक्तिलाई महान भनिएको छ । जो असल र उच्च कोटिका हुन् । यसैगरी मनमा एककुरा सोच्ने, अर्कै कुरा बोल्ने र कार्यमा झन अर्कै व्यवहार गर्ने व्यक्तिलाई दुरात्माको संज्ञा दिइएको छ । हामी जे मनमा सोच्छौँ त्यही बोल्नु र कर्ममा पनि उतानुर्पछ । यस्ता व्यक्ति नै सज्जनको कोटिमा पर्दछन् भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल