गीत

Advertisement

पुर्खाले छाडेको त्यो पुख्र्यौली माटो
त्यहाँसम्म गाँस्नु छ मायाको बाटो
त्यै दौरा–सुरुवाल, त्यै ढाका–टोपी
त्यै मुन्द्री–गुन्यू र चौबन्दी–चोली
गोर्खाली मन नेपाली पन
अरू के पो छ र यही हाम्रो धन

विश्वको शिखर सगरमाथाको काखमा
बस्छन् मेरा दाइ परिवारको साथमा
टाढा छौँ हामी नठान्नू है पराइ
तिम्रै रगतको हो यो तिम्रै हो भाइ
गोर्खाली मन नेपाली पन
अरू के पो छ र यही हाम्रो धन ।

बुद्धले टेकेको त्यो माटोको सुवास
सीताले खेलेको त्यो आँगनको मिठास
यो विश्वको जेठा सन्तान हामी
मरेर के पो छ र हामीले लानी
गोर्खाली मन नेपाली पन
अरू के पो छ र यही हाम्रो धन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल