धनको चमत्कार कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन {भिडियो}

Advertisement

पूज्यते यदपूज्योऽपि यदगम्योऽपि गम्यते
बन्द्यते यदबन्द्योऽपि स प्रभावो धनस्य च ।।
–पञ्चन्त्र, १।७


जो अपूज्य छ त्यसको पनि पूज्य हुन्छ । जुन ठाउँ अगम्य छ त्यो पनि जान योग्य हुन्छ । बाँध्न नमिल्ने पनि बाँधिन्छ यो सबै धनको प्रभाव हो ।


संसारमा धनको महिमा अपरम्पार छ । असाध्य कुरा पनि धनले गर्दा साध्य हुन्छन् । त्यसैले मान्छे धनकै खोजमा निरन्तर भौँतारिरहेको हुन्छ । नभइ पनि नहुने र भएर पनि नहुने धनको विशेषता रहेको छ । अपूज्य भए पनि धनकै प्रभावले मान्छे पूज्यको कोटिमा पुग्दछन् । यसैगरी कठिन स्थानमा पुग्न पनि धनले सम्भव गर्दछ । बाँध्न नमिल्ने पनि बाधिन्छ अनि बाँधिएका पनि फुक्न सक्छन् यो सबै धनकै चमत्कार हो भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल