आज शुक्रवार दशमी तिथि शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ मंसिर २० गते {भिडियो }

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाका २० गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको दशमी तिथि बिहानका राति ५।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र राति १०।५६ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र तैतिल करण रहेको छ । आनन्दादिमा ध्वज योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४२ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । शुक्रवार दशमी तिथि रहेको छ । दशमी पूर्णा तिथि भएकाले आज विशेष शुभकार्य आरम्भका निम्ति उत्तम रहनेछ । आज शुभ कार्यको आरम्भ गर्दा उत्तर दिशा फर्किएर गर्नु लाभदायी रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल