कसको परीक्षा कतिवेला हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

जानीयात्प्रेषणे भृत्यान् बान्धवान् व्यसनागमे ।
मित्रं चापत्तिकाले तु भार्यां च विभवक्षये ।। – चाणक्य


कर्मचारीको विदा दिई घर पठाउदा, कुटुम्बको संकट आउदा, मित्रको विपत्तिका समयमा र पत्नीको धन नाश भएका वेला परीक्षा हुन्छ ।


कर्मचारीको परीक्षा विदा दिई घर पठाउँदा हुन्छ । ऊ फर्किएर समयमा आउँछ आउदैन ? समयमा आए मात्र ऊ असल ठहरिन्छ । कर्मक्षेत्रप्रति बफादार रही उत्तरदायित्वको निर्वाह नगर्ने कर्मचारी असल हुन सक्दैनन् । यसैगरी आफन्तजनको संकट पर्दा परीक्षा हुने गर्दछ । जसले संकटमा सहयोग गर्छ ऊ नै वास्तवमा आफन्त हो । यसैगरी धन वैभवको विनाश भएको वेलामा साथ दिने पत्नी नै असली पत्नी ठहरिन्छन् । विपत्तिमा साथ दिने पत्नी नै असल हुन् । धनको विपत्तिमा भागेर हिँड्ने पत्नीलाई असलको कोटिमा राखिएको छैन । अतः कर्मचारीको विदा दिई घर पठाउदा, कुटुम्बको संकट आउदा, मित्रको विपत्तिका समयमा र पत्नीको धन नाश भएका वेला परीक्षा हुन्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल