आज बिहीवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ मंसिर १९ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १९ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको नवमी तिथि राति ३।२९ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र राति ८।२० बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र बालव करण रहेको छ । आनन्दादिमा मुद्गर योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४१ मा छ भने सूर्यास्त बेलुका ५।६ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज विष्णु भगवान्को उपासनासँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल