कस्ता कुरा गोप्य राख्नु पर्दछ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

अर्थनाशं मनस्तापं गृहिणी चरितानि च ।
नीचवाक्यं मनस्तापं मतिमान्न प्रकाशयेत् ।।
– चाणक्य नीति

धन नाश भई मनमा चिन्ता भएको, पत्नीको चरित्र स्तुति, नीचको वचन, अपमान जनक कुरा सधैँ गोप्य राख्नु पर्दछ ।

धन नाश भएको र मनमा ताप भएको कुरा कहिल्यै प्रकाशमा ल्याउनु हुँदैन । जसले आफ्नो उन्नतिमा बाधा गर्ने चाणक्यको मत रहेको छ । यसैगरी पति पत्नीको चरित्रका बारेमा पनि अरुलाई कुनै कुरा नवताउनु भनिएको छ । साथै खराव चरित्रवाला व्यक्तिले वोलेको वचन अपमान जनक कुरालाई पनि अरुलाई भन्नु हुँदैन । जसले आफैलाई कमजोर बनाउने गर्दछ । अतः धन नाश भई मनमा ताप भएको, पति पत्नीको चरित्रस्तुति, नीच वचन र अपमान जनक कुरा सधैँ गोप्य नै राख्नुपर्दछ भन्ने चाणक्यको नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल