आज बुधाष्टमीव्रत, गोरखकाली पूजा पनि हेर्नुहोस् आजको दिन २०७६ मंसिर १८ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १८ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको अष्टमी तिथि राति १।१८ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । शतभिषा नक्षत्र बेलुका ५।४४ बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र भद्रा करण रहेको छ । आनन्दादिमा मानस योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४० मा छ भने सूर्यास्त बेलुका ५।६ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज बुधाष्टमीव्रत परेको छ । बुधवार अष्टमी तिथि परेको दिनलाई बुधाष्टमी भनिन्छ । आज गोरखकाली भगवतीको उपासना शुभ रहनेछ । यसैगरी आज दिवा १२।१६ बजेसम्म भद्रा पनि रहनेछन् । आज पनि गढीमाई भगवतीको विशेषपूजा हुने गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल