बाग्लुङ जीप दुर्घटना : देउवाद्वारा दुःख व्यक्त

Advertisement

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

सभापति देउवाले मंगलबार एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप आज भीमगिठेमा दुर्घटनामा परेको हो । यही मङ्सिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला मंगलबार बाग्लुङमा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको उनले उल्लेख गरेका छन् । 

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न-गराउनसमेत सरकारको ध्यानाकृष्ट गराएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल