अपडेट साग: नेपालले जित्यो २३ स्वर्ण, कसले जित्यो कुन खेलमा कुन पदक ?

Advertisement

काठमाडौं, १७ मंसिर । गत आइतबारदेखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म २३ स्वर्ण, ९ रजत र १२ काँस्यसहित कुल ४४ पदक हात पारेको छ। आज मात्र नेपालले ८ स्वर्ण, ६ रजत र ८ कास्य गरि कुल २२ पदक हात पारेको हो ।

पदक हात पार्ने क्रममा कराँतेमा नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छिन् । महिला कुमुतेको ६८ केजीमुनि सुनिताले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८–२ अंकले अपराजित गरिन् । यस स्पर्धामा बंगालदेश र श्रीलंकाले कास्य जित्यो ।

यता साग अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेण्डको समय निकालिन । भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । कास्य जितेकी श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समय निकालिन । साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।

यसैगरी कराँतेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् । नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गरे । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।

यता तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसैगरी साग अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् । पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए । विजयले ९.४८ अंक जोड्दै स्वर्ण जिते । महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे । सुस्मिताले ९.४४ अंक जोडिन ।
यस्तै साग अन्तर्गत तेक्वान्दोमा नेपालका वीर बहादुर महराले स्वर्ण जितेका छन् । पुरुष ६८ केजीमुनी गेरुगीतर्फ महराले स्वर्ण जितेका हुन् । महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई अंकले पराजित गरे ।

यता दुवाथोलनमा नेपाले स्वर्ण र रजत दुबै पदक आफ्नो पोल्टामा पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको दुवाथोलन प्रतियोगितामा हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । पोखरामा आयोजित प्रतियोगितामा नेपालकै लक्ष्मण मल्लले रजत पदक हात पारेका छन् ।

रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । आज भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । यसैगरी टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ । फाइनलमा नेपाल भारतसँग ३–० को सेटमा पराजित भयो ।

यता सागको पोखरामा जारी डुवाथोलन महिला स्प्रिन्टमा नेपालले रतज पदक जितेको छ । नेपालका लागि हुमी बुढा मगरले रजत पदक जितेकी हुन् । श्रीलंकाकी एरेङगादुलाक्सीले स्व्र्ण र श्रीलंककै उदयकुमारीले कास्य पदक जितेकी छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनु गुरुङले रजत जितेकी छिन् । सातदोबाटोस्थित कराते हलमा मंगलबार ६१ केजीमुनि कुमुतेमा अनुले रजत जितेकी हुन् । फाइनलमा अनु बंगलादेशकी हुमारी अख्तरसँग ५–२ ले पराजित भईन् । यस स्पर्धामा श्रीलंका र पाकिस्तानकी खेलाडीले कास्य जितिन् ।

ययैगरी पुरुष ७५ केजी कुमुतेमा नेपालका गंगाराम कुसुवारले रजत जिते । फाइनलमा गंगाराम पाकिस्तानसँग ८–० ले पराजित भए । यसअघि गंगाराम कुशवाले भुटानका शेराब वाङचुकलाई ७–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । पाकिस्तानका सादी अम्बासले श्रीलंकाका बन्दरिगोडेजलाई ६–१ ले पराजित गर्दै फाइनलमाम प्रवेश गरेका थिए।

काँस्य

महिला ५५ केजी कुमुतेमा नेपालकी मनिषा चौधरीले काँस्य जितिन् । यस स्पर्धामा बंगलादेशले स्वर्ण र पाकिस्तानले रजत जित्यो ।

यता एथ्लेटिक्सको १५ सय मिटर दौडको पुरुष नेपालले कास्य जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपालका टंक कार्कीले १५ सय मिटरमा कास्य जितेका हुन् । टंकले निर्धा्रित दुरी ३ मिनेट ५९.२० सेकेण्डमा पुरा गरे । यस स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो ।

महिला ५५ केजी कुमुतेमा नेपालकी मनिषा चौधरीले कास्य जितिन् । यस स्पर्धामा बंगलादेशले स्वर्ण र पाकिस्तानले रजत जित्यो । यता एथ्लेटिक्सको १५ सय मिटर दौडको पुरुष नेपालले कास्य जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपालका टंक कार्कीले १५ सय मिटरमा कास्य जितेका हुन् । टंकले निर्धारित दुरी ३ मिनेट ५९.२० सेकेण्डमा पुरा गरे । यस स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल