महिला भलिबलकाे उपाधि भारतले जित्याे, इतिहास रच्नबाट चुक्यो नेपाल

Advertisement

काठमाडाैं, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा महिला भलिबलको उपाधि भारतले जितेकाे छ । नेपालले उपविजेतामा नै चित्त बुझाउनु परेकाे छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३-२ को सेटमा हराएको हो । दुबै टिमले दुइ सेट बराबरी खेलेका थिए ।अन्तिम तथा तेस्राे सेटमा भारत विजयी हुँदै स्वर्ण हात पारेकाे हाे ।

रोमान्चक खेलमा पहिलो सेट भारतले २५–१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५–२३ र २५–२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो । चौंथो सेट भारतले २५–२० ले जित्दै खेल २–२ सेटको बराबरीमा ल्यायो ।त्यसपछि खेलको अन्तिम सेट १५–६ ले गुमाएको हो ।

साग महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै अाएकाे छ । यद्पी सागमा नेपालले महिला भलिबलमा पाएको याे नै सबैभन्दा ठूलो पदक हो । सयाैं दर्शककाे समर्थन पाएका नेपाली महिला भलिबल खेलाडिले स्वर्ण हात पार्ने प्रयासमा तल्लिन देखिन्थे। नेपाल महिला भलिबलकाे फाइनलमा पुगेकाे याे पहिलाे पटक हाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल