सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँच जनाको सरूवा (को कहाँ ?)

Advertisement

काठमाडाैं, १७ मंसिर । न्यायपरिषद्ले विभिन्न सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ।

आज बसेको परिषद् बैठकले सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेललाई रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा,उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा,सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापामा र उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा न्यायाधीश सिफारिस भएका छन्। त्यस्तै सर्वोच्चकी उप रजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन्।

यस्तै, बैठकले भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा गरेकाे छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल