कस्ता कुरामा सन्तोष मान्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

सन्तोषस्त्रिषु कर्तव्यः स्वदारे भोजने धने ।
त्रिषु चैव न कर्तव्योऽध्ययने जपदानयोः ।।
– चाणक्य नीति


आफ्नी पत्नी, भोजन र धन यी तीन कुरामा सन्तोष गर्नुपर्छ । अध्ययन, जप र दान गर्ने कार्यमा सन्तोषी हुनु हुँदैन ।
संसारमा सुखको खोज निरन्तर चलि नै रहन्छ । मान्छे कुनै न कुनै चिन्ताको तापले निरन्तर जलिरहेको हुन्छ । यसप्रसङ्गमा चाणक्यले आफ्नी पत्नी, धन र भोजनमा सन्तोष गर्नुपर्छ । यी तीन कुरामा असन्तोषी पनले जीवनको सार्थकता रहदैन । यसैगरी अध्ययन, जप र दान गर्ने कार्यमा सन्तोष नमान्नु भनिएको छ । अर्थात् अध्ययन, जप र दान गर्ने कार्यमा भने निरन्तर लागि रहनु पर्दछ भन्ने नीत वचन मननीय देखिन्छ । –नारायणप्रसाद निरौला –

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल