आज गढीमाई विशेष पूजा हुने दिन, द्विपुष्कर योग पनि हेर्नुहोस् आजको दिन २०७६ मंसिर १७ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १७ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको सप्तमी तिथि राति ११।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । धनिष्ठा नक्षत्र दिवा ३।१९ बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र गर करण रहेको छ । आनन्दादिमा उत्पात योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३९ मा छ भने सूर्यास्त बेलुका ५।६ बजे हुनेछ ।


चन्द्रमा आज कुम्भ राशिमा छन् । आज बारास्थित गढीमाईको मन्दिरमा विशेष पूजा हुने गर्दछ । यसैगरी आज राति ११ बजेपछि भद्रा रहनेछन् । यसैगरी आज द्विपुष्कर योग पनि परेको छ । द्विपुष्कर योगमा गरिएका शुभ एवं अशुभ विशेष कार्यको दुईगुणा फल हुने शास्त्रमा बताइएको छ । विशेष अनिष्ट कार्य भए भए द्विपुष्कर शान्ति गर्नुपर्ने विधान पनि गरिएको छ । यसैगरी आज विश्व अपाङ्ग दिवस पनि परेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल