देश विकास प्रणालीले होइन प्रवृत्तिले गर्छ

Advertisement

हाम्रो देशको राजनीतिक परिवर्तन हाम्रा लागि वरदान हो कि अभिशाप आज गम्भीर भएर सोच्नुुपर्ने वेला आएको छ । देश विकासका लागि राजनीतिक प्रणाली नै परिवर्तन गर्नुुपर्छ भनेर होमिएको राजनीतिक दल र तिनका पात्रहरु, सत्तामा बस्नेहरुको गलत सोच र स्वार्थपरक दृष्टिकोणले विकास नभएको भन्ने कुुरालाई कहिले र कसैले पनि स्वीकार गरेको देखिँदैन ।

विश्वका विभिन्न विकसित मुुलुुकहरु जहाँ सबैमा एकै किसिमको राजनीतिक तथा प्रशासनिक प्रणाली छैन, तर ती राष्ट्रहरु किन विकासको शिखरमा पुुगे ? यसको एउटै कारण छ, उनीहरु जे कानुन बनाउँछन्, त्यसलाई अवलम्बन गर्छन् ।

अब सोचौँ नेपालमा वि.सं. २००४ सालदेखि हालसम्म बनेका विभिन्न सविंधान र कानुनले के नेपालको विकासको प्रक्रियालाई रोकेकै हुुन् त ? कुुन कानुनले छुुवाछुुत गर भन्यो ? कुुन कानुनले भ्रष्टाचार गर भन्यो ? कुन कानुनले अपराध गर्नेलाई दण्ड नगर भन्यो ?

नेपालका राजनीतिक दलहरुले पुुुराना कानुनहरु र व्यवस्थालाई गलत कानुन र गलत राजनीतिक प्रणाली भन्दै त्यसलाई राजनीति गर्ने औजारको रुपमा लिएर सत्ताको स्वाद चाख्न उपयोग गरिरहेको पाइन्छ । लोकतन्त्र, गणतन्त्र, संघीयताको परिभाषा दिँदै गर्ने भाषणले देशको विकास हुुन सक्दैन ।

हामी जुुन राजनीतिक प्रणाली अपनाइरहेका छौँ, त्यही प्रणालीभित्र बसेर त्यसमा भएका विकृतिलाई घटाई अगाडि बढ्न सकेमा देशले विकासमा चाँडै फड्को मार्न सक्ने देखिन्छ । तर, राजनीतिक प्रणाली नै परिवर्तनका लागि अगाडि बढ्ने हो भने निकै ठूलो युुद्धको खतरा हुुन सक्छ । नेपालमा धेरैपटक विकासको नाममा देशलाई राजनीतिक प्रयोगशालाजस्तो बनाएको कुुरालाई हामीले नकार्न सक्दैनौँ ।

राजनीतिक दलको स्वार्थ, नेता–कार्यकर्ताको अदूरदर्शिता र जनताको अचेतनाको कारण देश नै अविकासको भूमरीमा फसिरहेको छ । केवल कानुन बनाएर मात्र हुुँदैन । कानुनद्वारा निर्मित देश सञ्चालन गर्ने प्रमुख अंगहरु पनि आफ्नो ठाउँमा कानुनअनुुसार नै चल्नुुपर्छ ।

तर, कानुनअनुुसार के सबै कामहरु भइरहेका छन् त ? त्यसो हो भने के फेरि पनि राजनीतिक प्रणाली नै परिवर्तन गर्ने त ? बिल्कुल होइन, अब हामीले राजनीतिक प्रणाली परिवर्तन गर्ने होइन, राजनीतिमा भएका विकृति र विसंगतिहरु हटाउँदै सुुधारको बाटोमा अगाडि बढ्नुुपर्छ । फेरि पनि बुुझ्नुुपर्ने कुुरा के हो भने विकास राजनीतिक प्रणालीले गरिदिने होइन, हामी सबैको सकारात्मक सोच, मनोवृत्ति र व्यवहारले गर्ने हो भन्ने कुुरालाई कसैले पनि बिर्सन मिल्दैन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल